काठमाडौं। नेपाली बव मार्लीको रुपमा ख्याती कमाएका चर्चित गायक बिनोद ढकाल तथा गायक किरण माईकलको स्वरमा रहेको गीत ‘सकिन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आत्रेय प्रडक्सन नामक यूट्यूब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा गायक विनोद , किरन तथा विकास लामीछानेको साथमा मोडल सुरविना कार्कीको अभिनय देख्न सकिन्छ ।
सुदिप आत्रेयको शव्दमा तयार पारिएको गीतको संगीत बिनोद तथा किरण माईकलकै रहेको छ भने म्यूजिक प्रोडुसर प्रमोद परियारको रहेको छ । फराज अर्पणको छायांकन,निर्देशन तथा सम्पादन रहेको भिडियोले युवा पुस्तामा देखिएको दुव्र्यसनीको लतमा फसेका युवाहरुको कथा बोकेको छ ।