पाकिस्तानको कराँची सहरमा शनिबार ग्यास विस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु १५ जना घाइते भएका छन् । बन्दरगाह सहर कराँचीको पराचा चोकमा रहेको बैंकको भवनमा विस्फोट भएको थियो । घटनापछि उद्वारकार्य तीव्र पारिएको छ । घाइतेहरूलाई नजिकका अस्पताल लगिएको छ । विस्फोटको क्रममा भवनको संरचना भत्किनुका साथै झ्याल, ढोकाहरू उछिट्टिएर बाहिर उडेका थिए । विस्फोटको क्रममा घटनास्थलको भिडियो फुटेज सामाजिक सञ्जालमा पनि व्यापक रुपमा सार्वजनिक गरिएको छ । घटनापछि १५ जनालाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको पाकिस्तानको सञ्चारमाध्यम डन न्यूजले जनाएको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400