प्रदिप डेन्टल क्लिनिकमा एक दिने निःशूल्क दन्त परिक्षण सेवा सम्पन्न

0
22

कुमारी युवा क्लब,बुढानिलकण्ठ नगरपालिका वडा ९ तथा अहमदिय संघ नेपालको संयुक्त आयोजनामा बुढानिलकण्ठ ९ स्थित प्रदिप डेन्टल क्लिनिकमा एक दिने निःशूल्क दन्त परिक्षण सेवा सम्पन्न भएको छ । शनिवार विहान ९ बजे देखि शुरु भएको उक्त कार्यक्रममा १०० जना भन्दा बढिले निःशूल्क सेवा लिएका थिए । बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ का कार्यवाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेको प्रमुख आतिथ्यता र कुमारी युवा क्लबका सदस्य एवं अहमदिया संघ नेपालका प्रमुख मोहन राउतको विशेष आतिथ्यतामा आयोजित दन्त परिक्षण सेवाका लागि ३ जना वरिष्ठ दन्तरोग विशेषज्ञ तथा १ जना नर्सले परिक्षणका लागि आएका विरामीहरुलाई निःशूल्क सेवा प्रदान गरेका थिए ।

कार्यक्रममा सहयोग गर्ने सहयोगी संस्था तथा व्यक्तित्वहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै खादा लगाएर सम्मान गरिएको थियो । ९ न. वडावासी तथा कुमारी मन्दिर वरपरका नागरिकहरु यस कार्यक्रमबाट विशेष लाभान्वित भएको प्रदिप डेन्टलका संचालक प्रदिप तामाङ्गले जानकारी दिए । प्रदिप डेन्टल लामो समयदेखि दक्ष दन्त विशेषज्ञहरुले दन्तरोगीहरुको परिक्षण गर्दै आईरहेको छ । सेवामुखी मात्र नभएर सामाजिक कार्यमा समेत सक्रिय भएर लागेको प्रदिप डेन्टल मण्डिखटार मात्र नभएर वरपरका बासिन्दा समेतको रोजाईको क्लिनिकमा पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here