चर्चित गीतकार लोकराज अधिकारीको “आयो तीज ” गित सार्बजनिक (भिडियो सहीत)

0
690

काठमाडौं / गीतकार लोकराज अधिकारीको नयाँ तीज गीत “आयो तीज ” सार्बजनिक भएको छ । समिक्षा अधिकारी र कृष्ण काफ्लेको स्वर अर्जुन पोख्रेलको संगीत र संगीत संयोजन रहेको तीज गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा नम्रता सापकोटा,सङ्गै बालकलाकार अकेशा पोख्रेल, रोहबिन पोख्रेल र उजेश न्यौपानेले अभिनय गरेकाछन् । गीतमा अभिनय गर्ने अकेशा र रोहबिन बाबू छोरी हुन ।

म्युजिक भिडियोको निर्देशन त्रिशा केसीले गरेकी हुन् भने कोरियोग्राफी तेञ्जु योञ्जनले गरेका हुन् । यो गीतका गीतकार र निर्देशक एकै जिल्लाबासी दाङका हुन । गीतकार अधिकारीका यसअघि “जसो परेपर्ला  “घन्किदे मादलु ” रे पटम भरर ” “नाच चेली ” “आमाले पकाएको दर” लगायतका तीज गीत दर्शक स्रोतामाझ आइसकेका छन । अधिकारी नेपाली सुगम संगीत र चलचित्र गीत संगीतमा पनि स्थापित भैसकेका गीतकार हुन । लोकराजका”तिम्ले पराइ ठानेपछी ” “मर्छु बरु छट्पटीमा” रुपै “मोहनी ” “बाजा बजाउदै ” लगायत दर्जनौ गीत दर्शक स्रोतामाझ लोकप्रीय छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here