‘फेसियल हाउस’को भ्यालेन्टाईन फोटो सुट

0
295

फेसियल हाउसले विभिन्न पर्व तथा समारोहमा गर्दै आएको फोटो शुटलाई प्रणय दिवस (भ्यालेनटाईन डे )को अवसरमा पनि निरन्तररता दिएको छ ।

एक दशक देखि सुगम संगीतका म्युजिक भिडियोमा एक क्षत्र राज गरिरहेका मोडल सनम कठायत र चिटिक्क परेको जीउडाल ठुला ठुला आखा भएकी अभिनय र नित्य ले छोटो समयमा नै दर्शकको मन मस्तिकमा बस्न सफल उषा उप्रेतीले प्रणय दिवस फोटो शुटको मोडलीङ गरेका छन् ।

अहिले सनम र उषा दुवै चलचित्रमा आउने तयारीमा छन् । फोटो शुटमा मेकअप र हेयर स्टाइल फेसियल हाउसको रहेको छ भने कुसुम बुट्टिक को ड्रेस र क्यामरा लेन्समा कुबेर डंगोलको रहेको छ । दुबै मोडलले यस प्रकारको फोटो शुट गर्न पाउँदा खुसिलागको बताएका छन् ।

उषाले यस भन्दा पहिला पनि फेसियल हाउसको मेकअप र हेयर स्टाइलमा फोटो सुट गरिसकेको बताईन् । उषा भन्छीन् ’ सुषमा महरा दिदी संग काम गर्दा धेरै नै नयाँ कुराहरु सिक्न पाएको छु । उनले फेसियल हाउस को मेकअप र हेयर स्टाइलको खुलेर प्रसंसा गरेकी छिन् ।

सनमले भने पहिलो चोटी फेसियल हाउस सँग जोईन्ट भयर काम गर्न पाउदा आफुलाई सौभाग्यमानी ठानेको बताए । सनम भन्छन् ’ त्यतिकै हैन रहिछ नेपाल को नम्बर १ ब्युटीपार्लर फेसियल हाउस भनेको सुषमा दिदी संग काम गर्दा पारिवारिक महसुश हुदो रहिछ आगामी दिनहरुमा पनि फेसियल हाउस संग आफुलाई फेरी फेरी काम गर्न चाहा बढेको बताए ।

नेपालमा पनि १४ फेबरअरीको दिन प्रणय दिवस (भ्यालेनटाईन डे ) मानाउने गरीएको छ । यस दिनलाई फेसियल हाउसले विशेष रुपमा मनाउने गरीएको फेसियल हाउसका प्रबन्धक तथा बरिष्ठ सौंन्दर्यविद सुषमा महराले बताईन् । यो दिन फोटोलाइ आरकाइभ गर्ने र फेसियल हाउसमा आउने जोडीलाई ५० प्रतिसत छुट दिने जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here