अभिनेत्री नितुलाई मुम्बईमा ‘दादा साहेब टेलिभिजन अवार्ड’, मिस वल्र्डवाईड ईण्डिया’को ताज उनकी सुपुत्री आश्विनीलाई

0
111

नेपालकी मोडल तथा पंचायत चलचित्रकी कलाकार अश्विनी कोईरालाले  भारतको मुम्बईमा सम्पन्न ‘मिस एण्ड मिसेस वोल्ड्वाईड”को ग्राण्ड फिनालेमा  मिस वल्र्डवाईड ईण्डियाको ताज सहित बेष्ट मोडलको टाईटल जित्न सफल भएकी छिन।

होटल सि प्रिन्सेस मुम्बईमा आयोजित उक्त कार्यक्रम अखिलेश सिंह संस्थापक अध्यक्ष रहेको संस्था एमडी फिल्मोरा मिडिया नेटवर्कको आयोजनामा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड ,२०२२ को समेत आयोजना गरिएको थियो ।

भारतिय चर्चित कलाकारहरु शरद मल्होत्रा,ईरिका फर्डनाण्डेज,आमिर अली, जिशन खान,संजय गगनानी लगायतको उपस्थितीमा आयोजित उक्त कार्यक्रममा नेपालको तर्फबाट सहभागी हुन उनकी माता तथा अभिनेत्री नितु कोईराला समेत पुगेकी थिईन ।

उनले भारतकै लोकप्रिय अवार्ड दादा साहेब फाल्के इण्डीयन अवार्ड समेत हात पार्न सफल भएकी थिईन ।

पछिल्लो पटक भारतका विभिन्न शहरमा आयोजीत कार्यक्रममा सम्मानित हुदै आएकी निुतले थुप्रै भारतिय अवार्ड प्राप्त गर्दै आईरहेकी छिन ।

उनी संगै कार्यक्रममा सहभागी भएकी आफ्नी सुुपुत्रीको सफलता संगै अश्विनिलाई ईण्डियन टेलिभिजनबाट कलाकारिताको लागि प्रस्तावहरु आउन शुरु भएको अभिनेत्री नितु ले जानकारी दिईन ।

उक्त कार्यक्रमा अश्विनीले पाएका दुई वटा क्राउन मध्ये उनलाई एउटा क्राउन नितुले लगाई दिएकी थिईन।

अब वलिउड टेलिभिजनबाट आएको प्रस्तावले के अश्विनी मनिषा कोईराला जस्तै जम्न सक्लिन त त्यो चाहिँ हेर्न बांकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here