स्टार आरजेको लागि भोटिङ्ग खुल्ला

0
129

झापाको दमकमा रहेको रेडियो झापा (१००. ७ मेगाहर्ज) र प्लानेट मल्टिमिडियाको आयोजनामा स्टार आरजे को दोस्रो संस्करण गत पुस २९ गते देखि तालिम सञ्चालन भएको थियोे ।

दक्ष रेडियोकर्मी तथा संचारकर्मि उत्पादन गर्ने साथै संचार क्षेत्रमा दक्ष्य जनशक्ती उत्पादन गर्ने उदेश्यका साथ शुरु भएको तालिममा खोटाङ, पाँचथर, ईलाम, मोरङ साथै झापा बाट २५ जना सहभागी रहेका थिए ।

बिभिन्न चरण पश्च्यात टप १५ मा पर्न सफल सहभागीहरु प्रतिस्प्राधाअत्मक ब्यबहारिक प्रतिस्प्राधामा आफ्नो प्रस्तुती दिने चरण रहेका छन ।

जस अन्तर्गत बिभिन्न विषयमा आफ्नो प्रस्तुतिहरु दिईरहेका छन ।

उनिहरुको योग्यता र कलालाई पहिचान गरि ग्लोबल अनलाइन पे मार्फत सहभागी प्रतिस्पर्धीहरु लाई भोट गरि जिताउन सक्ने रेडियो झापाका प्रबन्धक निर्देशक कोशिस शिवाकोटिले जानकारी गराए ।

यस अघी गत बर्ष पनि स्टार आरजे सञ्चालन भएको थियो ।

स्टार आरजेको यो दोस्रो संस्करण हो । अघिल्लो बर्ष पनि सफलता पुर्वक सम्पन्न भएको यस कार्यक्रममा यो पतक उत्साह जनक सहभागिता रहेको पनि जनाए । तथापी कोरोना महामारिको प्रभाबका कारण आबेदन दिएका सबै आबेदक भने सहभागी हुन नपाएको पनि आयोजकको भनाई छ ।

हालका दिनमा सहभागिहरुको प्रस्तुतिको मुल्यांकन गर्ने क्रम चलिरको छ ।

आयोजक द्वारा निर्णायक मण्दली सहभागी प्रतियोगिहरुको शुक्ष्म मुल्यांकन गर्ने क्रम पनि चलिरहेको छ ।

निर्णायक मण्दलिमा रहेका निर्णायकहरुको परिचय भने बिजेता घोषणाको समय मात्र गराउने आयोजकले तयारी गरेको पनि जानकारी भएको छ ।

प्रतियोगिता आगामी २ हप्ता अझै जारी रहने छ भने सहभागिलाई भोट पनि सो समय सम्म निरन्तर रहने पनि जानकारी प्राप्त भएको छ ।

भोटिङ्ग गर्न ब्लोबल अन्लाईन पे मार्फत गर्न सकिने छ भने आफुले चाहेको प्रतियोगिलाई भोट गर्ने चाहानेले तल दिईएको लिंक प्रयोग गरी भोट गर्नु पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here