खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड

0
229

एरा प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भैरहेको चलचित्र चिट्ठीका लागि गत आइतवार शिवताण्डव गीत रेकर्ड गरिएको छ । संगीतकार राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डव गीतलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्ने छन् । निर्देशक माधव राज खरेलद्धारा निर्देशित चलचित्र चिट्ठी कमेडी, हरर र थ्रिलर जनारामा रहेको बताइएको छ । चलचित्रको छायाँकनको लगभग ७० प्रतिशत सकिएको र अव ३० प्रतिशत मात्रै बाँकी रहेको निर्देशक खरेलले बताएका छन् । चलचित्र छायाँकनका क्रममा नायक सञ्जित भण्डारी घाईते भएपछि केही सम्मका लागि छायाँकन स्थगित गरिएको थियो । स्वास्थ्यलाभ गरे पश्चात पुनः जोश र जाँगरका साथ काममा फर्कने भण्डारीले बताएका छन् ।

नायक भण्डारीले भनेका छन् “चिट्ठी, मेरो जिवन कालकै अहिले सम्मकै उत्कृष्ट र लोभ लाग्दो स्कृप्ट हो र यसमा अझ सुगन्ध थप्ने कोशीस गर्दै आफ्नो तर्फबाट जतिसक्दो राम्रो गर्नेछुु” हसाउँदा हसाउंदै रुवाउने र डराउँदा डराउंदै हसाउँने यसको अनौठो किसिमको शैली छ, पक्कै पनि नेपाली दर्शकहरुले चिट्ठीलाई माया गर्नु हुनेछ भन्नेमा आफु विश्वस्त रहेको छु” ।
छायाँकनको काम रोकिए पनि जति छायाँकन भएकोलाइ सम्पादन गर्ने र बाँकी गीतहरु रेकर्ड गराउने काम धमाधम भईरकेको छ । जुलाई सम्म चलचित्रको पोष्ट प्रोडक्सनको कार्य पनि सकि सक्ने तरिकाले निर्माण पक्ष जुटिरहेको छ । यस अघि गायिका केन्जुमा सुब्बाको सुमधुर आवाज, कमला जोशीका शब्द र जुगल डंगोलको संगीतमा “हर धड्कनमा” बोलको गीत रेकर्ड सकिएको छ भने डा. कृष्णहरि बरालको शब्दमा रहेको “टुटेको तारा” बोलको गीत चर्चित गायक शिव परियारको स्वर र सरोज कोईरालाको संगीतमा छिट्टै रेकर्ड गराउने तयारी भईरहेको निर्माता कमला जोशीले बताएकी छन् ।
छायाँकन प्राबिधिक कारण बस रोकिए पनि अन्य कामहरु तिव्रगतिमा भईरहेको निर्देशक खरेलले बताएका छन् । चलचित्रमा संजीत भण्डारीका अलवा गोपाल ढकाल “छन्दे”, कञ्चन चालिसे, खड्ग बहादुर पुनःमगर (खबपु), नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, मोहन निरौला, श्रीदेव भट्टराई, राजन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने राजेश कुमारको सम्पादन जीवन पराजुलीको छायांकन, नरेश खरेलको श्रृंगार रहेको छ । चलचित्रलाई निर्देशक खरेलले नै लेखेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here