‘बुहारी चाहियो घर’ बोलको गीतको म्युजिक भिडियो ओएस्आर डिजिटलबाट सार्वजनिक भएको छ । निकै मिहिनेत गरेर आफुहरुले यो भिडियो सार्वजनिक गरेको र सम्पूर्ण टिमले नै भिडियोमा गरेको मिहिनेतका लागि आफुले हृदयदेखी नै धन्यवाद व्यक्त गरे भने भिडियोलाई एक चोटि हेरिदिनु हुन पनि लिड मेल आर्टिष्ट जयन्द्र साउद लगायत टिमले सबै दर्शकमा अनुरोध गरे ।
इन्जोय नेपाल मिडिया प्रा लिको प्रस्तुतिमा तयार पारीएको भिडियोलाई निर्देशक तथा कोरियोग्राफर सुरेन बसेलले निर्देशान गरेका छन । भिडियोमा जयन्द्र साउद, स्मारिका ढकाल, श्वेता भण्डारी, चर्चित बाल कलाकार आयुसी ढकाल, जेबिश जेनिस श्रेष्ठ, आदित्य भण्डारीको मुख्य अभिनय रहेको छ । भुपेन्द्र सिंह र रेखा जोशीको आवाजमा सजिएको उक्त गीतमा स्वयम गायक सिंहको शब्द तथा जीवन बडुको संगीत, एरेन्ज भुवन बडु तथा मिक्सिङ मास्टरिङ्ग जीवन बडुको रहेको छ । भिडियोमा सिनेम्याटोग्राफर निरज कंडेल तथा टिमको छांयाकन, निराजन के.सि.को सम्पादन, सौगात धितालको ड्रोन अपरेटिङ, वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्काको मेकअप, असिसटेन्ट कोरियोग्राफी देब दोर्जे लामाको रहेको छ । भिडियो ओएस्आर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।