रामेछापको सालुमा गोपाल खड्काले बाडे शैक्षिक सामाग्री

0
32

मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो मूलनारा सहित जेसीजको आस्था बोकेको संस्था नेपाल जेसीज अन्तर्गत राष्ट्रिय स्वास्थ्य समिति २०२२ को आयोजनामा र रामेछाप जेसीजको आतिथ्यतामा स्वास्थ्य सुरक्षामा जेसीजको सहजीकरण एवं विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सपन्न भएको छ ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका वार्ड नं. ४ गैराथोकमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय, सेतीदेवी आधारभूत विद्यालय तथा भिमेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कूल व्याग लगायत शैक्षिक सामाग्री वितरण गर्नुका साथै सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य कार्यक्रमको वारेमा जानकारी मूलक कार्यक्रम प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा नेपाल जेसीज राष्ट्रिय स्वास्थ्य समितिका अध्यक्ष जेसी गोपाल खड्काले आफ्नो व्यक्तिगत तर्फबाट करीब ४०० थान भन्दा वढी स्कूल व्याग बितरण गरेका थिए । शैक्षिक सामाग्री वितरण साथ साथै पाटन अस्पताल,ललितपुरका सामाजिक सुरक्षा कार्यक्रमका संयोजक प्रकाश थापा मगरले विद्यालयका शिक्षक शिक्षिका एवं अभिभावकहरुका लागि उपयोगि सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धि जनचेतनामूलक महत्वपूर्ण जानकारी दिएका थिए ।

नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रमा प्याकुरेलको प्रमुुख आतिथ्यता तथा समाजसेवी युवराज भट्टराईको विशेष आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा सिद्धेश्वर मा.वि.का व्यबस्थापन समितिका अध्यक्ष शुक्र बहादुर श्रेष्ठ,शिक्षक संघ रामेछापका पूर्व अध्यक्ष लक्ष्मण कुुमार घिमिरे ,रामेछाप जेसिजका पूूर्व अध्यक्ष तथा नेपाल जेसिजका वोर्डका सल्लाहकार जेसि राजकुमार केसी,सिद्धेश्वर मा.वि.का प्रधानाध्यापक सोम प्रसाद भट्टराई, नेपाल जेसिजका नेशनल मिडिया कोअर्डिनेटर जेसी सोनीतराज ढुुंगेल,नेशनल भाईस प्रेसिडेन्ट जेसि योगिराज अधिकारी लगायत अतिथीहरुको विशेष उपस्थिती रहेको थियो । रामेछाप जेसिज २०२२ का अध्यक्ष जेसि रामहरि सापकोटाले स्वागत मन्तव्य राखेका उक्त कार्यक्रमको सभापतित्व गोपाल खड्काले गरेका थिए ।


कार्यक्रममा प्रमुख अतिथी जेसि रमा प्याकुुरेलले जेसिजको वारेमा जानकारी गराउनुका साथै समाजसेवा लगायत जेसिजको उद्देश्य अनुसार जेसि खड्काले आफुुले अध्ययन गरेको विद्यालयमा हाल अध्ययनरत विद्यार्र्थी लगायत आफ्ना शिक्षक शिक्षिकालाई शैक्षिक सामाग्री वितरण गर्ने महान सोच राखेर भव्य कार्यक्रम आयोजना गरेकोमा बधाई दिएकी थिईन । कार्यक्रममा जेसि सोनितराज ढुुंगेल तथा जेसि योगराज अधिकारी लगायत अन्य वक्ताहरुले आफु जन्मेको स्थानमा समाजसेवाका यस्ता क्रियाकलापले जेसि खड्काको अनुसरण अन्य रामेछापवासीले गरेमा समग्र जिल्लाकै विकासमा टेवा पुुग्ने कुरा बताए ।
कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने व्यक्तित्व तथ विभिन्न संघ संस्थालाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here