प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को समापन

0
30

काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर छ स्थित प्रारम्भ एकेडमीले गत फाल्गुन २४ गतेदेखि सुरू गरेको “स्पोर्ट्स कार्निभल २०७८” को आज समापन गरेको छ । उक्त कार्यक्रमको सभापतित्व विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो। स्पोर्ट्स कार्निभलमा विद्यार्थीहरूले विभिन्न ९८ वटा बिधामा भाग लिएका थिए ।कार्यक्रमका बिजेताहरूलाइ मेडल, ट्रफी तथा नगद पुरस्कारले सम्मानित गरिएको छ । खानेकुरा जस्तै खेलकुद पनि मानव जीवनको एक अभिन्न अङ्ग भएकालेे यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने विद्यालयका एकेडेमीक डाइरेक्टर राजेश घिमिरेले बताउनु भयो । काठमाडौको उत्तरपूर्वीय भेगको कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित प्रारम्भ एकेडमी एक उत्कृष्ट शैक्षिक गन्तव्य हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here