प्राकृतिक कारणबाट एक वर्षमा २६ गैंडा मरे

0
358

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन्। सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन्।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५र०७६मा प्राकृतिक कारणले ४३ गैंडा मरेका थिए। त्यसको अघिल्ला दुई वर्ष प्राकृतिक कारणबाट २६र२६ गैंडा मरेका थिए। गत आर्थिक वर्षमा बुढो भएर ६, जुधेर ३, दलदलमा फसेर ३, ढुसियुक्त खानाका कारण ४, बाघको आक्रमणका कारण १ गैंडा मरेका छन्।

त्यसै गरी करेन्ट लागेर दुई, रुखले किचेर एक, स्वास्थ्यमा समस्याका कारण तीन, कारण पत्ता लाग्न नसकेर तीन गैंडा मरेको उप्रेतीले जानकारी दिए। मरेकामध्ये १३ भाले, १० पोथी र ३ पहिचान हुन नसक्ने अवस्थामा भेटिएका थिए। अघिल्लो आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी गैंडा प्राकृतिक कारणबाट मरेका हुन्। त्यस वर्ष ९ भाले, १४ पोथी र २० को कंकालमात्र भेटिएको थियो। धेरै गैंडा विगतका वर्षमा मरेका तर त्यस वर्ष पहिचान भएको हुँदा अस्वभाविक तथ्याङ्क आएको उप्रेती बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here