मोडल बबिना फिचर्ड डिएमएसको ‘मेरो बिहानी’सार्वजनिक(भिडियो)

0
82

मोडल बबिना घिमिरे फिचर्ड डिएमएसको शव्द,संगीत तथा स्वरमा तयार भएको ‘मेरो बिहानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विशन मानन्धरको एरेन्जमा तयार भएको गीतको भिडियोमा मोडल बबिनालाई अर्का मोडल दिपक घिमिरेले साथ दिएका छन । निकै सम्भावना देखिएकी मोडल बबिनाले यसै गीतबाट मोडलीङ्ग क्षेत्रबाट डेव्यू गरेकी हुन । उनलाई अन्य भिडियो र सिनेमाबाट समेत कामको अफर आईरहेको छ । आगामी दिनमा थप केहि भिडियो आउने उनले बताईन ।

बुढासुब्बा डिजिटल युटयूब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा बबिनालाई आकर्षक रुपमा देखाइएको छ । पोखराका रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियोलाई राम कुमार केसीले छायांकन गरेका छन भने, टेकेन्द्र शाहले सम्पादन र डिएमएस स्वयंले निर्देशन गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here