कीर्तिमानी गीतकार डा.डीआरको शब्द‘तिमी सँग’सार्वजनिक (भिडियो)

0
97

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । बाल गायक जेनिस उप्रेतीको स्वर, बाबुल गिरीको सङ्गीत एवम् एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ रहेको शास्त्रिय गीत ‘तिमी सँग’को भिडियो सार्वजनिक भएको हो । जेनिश द भ्याइस किडस नेपालका विजेता हुनुहुन्छ । सानो उमेरमै शास्त्रिय गीतलाई निक्कै मिठो तारिकाले गाउनु भएको छ ।

गीतसंगीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् ।

यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही चैत १८ मा थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्दै हुनुहुन्छ ।

यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास ‘भाइरस लभ’ छिट्टै सार्वजनिक गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here