नेपालको राजनीति र अवसरवादी चरित्र

0
158

-डा.डिआर उपाध्याय,

निर्वाचनको मुखमा आएर दलबदलको लहर चलिरहेको छ । हिजो आज राजनीतिक दाउपेचका लागी एक पार्टी छोडने र अर्को पार्टीमा जाने नेता तथा कार्यकर्ताको होडवाजी नै चलिरहेको छ ।

राजनीतिमा जनतालाई ढाँटने र भ्रमको राजनीति बढेर गएको छ । सोझा जनतालाई ढाँने र भोट बटुलेर कुर्सिमा बस्ने दाउमा नेताहरु लागेको लागै छन । यति लामो समय सम्मको अनुभवमा राजनीतिक दल र तिनका नेताहरुमा सत्ता स्वार्थ बाहेक अरु केही देखिएन । व्यापारीहरु समेत सक्रिय राजनीतिमा आउन थालि सके । अब हाम्रो देश कता जादै छ ? के गर्न खोजिदै छ । पैसावालाको राजनीति बढेर गएको छ । पैसा नहुनेले नत राजनीति गर्न सक्छ नत चुनाव लडन नै ।

पैसा नहुने हत्त पत्त चुनावमा लडने आँट नै गर्न सक्दैन । चुनाव महंगो हुदै गयो । एउटा वडा अध्यक्ष लडन ५० लाख चाहिन्छ भन्न थाले । गरिवका छोरा छोरी यत्रो महंगो चुनाव लडन कसरी सक्छन ? गरिवले निर्वाचनमा उम्मेदवारको टिकट पाउनै मुस्किल छ पाइहाले पनि चुनाव जित्न मुस्किल छ । स्थानीय निर्वाचनको मिति पनि नजिकिदै छ ।

यति बेला दल अदल–बदल गर्ने क्रमले तीव्रता पाउँदै छ । दिनहँुजस्तो पार्टी प्रवेश कार्यक्रम भैरहेका छन । एउटा पार्टीमा अवसर नपाएकाहरु अर्को पार्टीमा जाने गरेका छन । पार्टी परिर्वतन गरिरहने नेताहरुलाई जनताले के गरेर बिश्वास गर्ने ? सबै दलहरुमा निष्ठा र सिद्धान्त हराउँदै गइरहेको देखिन्छ । बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु अवसरको खोजीमा छन ।

हामीले देखिरहेका छौ, एक पार्टीबाट अर्को पार्टी प्रवेश गर्ने र अवसर लिने क्रम बढेको छ । दलहरुले पार्टीको नीति र सिद्धान्तको बारेमा कार्यकर्तालाई बुझाउन नसक्दा यस्तो भएको हो । कम्युनिष्टहरु कांग्रेस पार्टी प्रवेश गरिरहेका छन भने कांग्रेसका कार्यकर्ता कम्युनिष्टहरुमा प्रवेश गरिरहेका छन । दलका नेताहरुले आ आफ्नो पार्टीको नीति र सिद्धान्तको बारेमा आफना नेता कार्यकर्तालाई बुझाउन सक्नु पर्छ । यदी दलका नेताहरुले आ आफ्नो पार्टीको नीति र सिद्धान्तको बारेमा समयमै आफना नेता कार्यकर्तालाई बुझाउन सकेनन् भने दल अदलबदल गर्ने क्रमले निरन्तरता पाउने छ ।

एउटा पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्ने बित्तिकै उम्मेदवारी पाइन्छ की भनेर नेताहरु अबसर खोजिरहेका छन । लामो समयदेखि राजनीति गरिरहेका नेताहरु नै यसो गरिरहेका छन । पार्टीको नीति र सिद्धान्तमा हिडन नसक्नेले के को राजनीति गर्ने ? कार्यकर्ताहरु सधैं नेताको पछि लाग्ने तर उनीहरुले अबसर नपाउने देखिएको छ । जनाधार नभएका नेता तथा कार्यकर्ताहरुले नै दल अदलबदल गरिरहेका छन । यस्ता क्रियाकलापले देशलाई अघि बढाउन सकिदैन ।

मुलुकको सामाजिक, आर्थिक र राजनीतिक सुधारमा समेत असर पर्ने देखिन्छ । नेपालको राजनीतिमा अवसरवादी चरित्र भएकाहरु नै हावी हुदै छन । अवसरवादी चरित्र भएका नेताहरुलाई जनताले बहिष्कार गर्ने आँट गर्नु पर्छ । अवसरवादी चरित्र भएकाहरु सधै अबसरकै खोजिमा हुन्छन । तिनीहरुबाट जनताले कुनै आश नगरे पनि हुन्छ । अवसरवादी चरित्र बोकेका व्यक्तिहरु पार्टीको हितमा हुदैनन् । त्यसो भएकाले दलहरुले बेलैमा सोच्ने बेला आइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here