काठमाण्डौँ, साउन, दक्षिण अफ्रिकाका बिश्व विख्यात नेता नेल्सन मण्डेलाको जन्मदिनको अवसर पारेर आज जुलाई १८ का दिन वितरण गरिएको इन्टरनेशनल पीस अवार्ड–२०२० बाट १२ जना नेपालीलाई पनि पुरस्कृत भएका छन् । जसमा कलाकार, पत्रकार र समाजसेवी रहेका छन ।
वर्ल्र्ड कनेक्ट डेभ्लप्मेन्ट तथा पीस अफ इन्डियाले यी नेपालीहरुलाई आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याए बापत सो पुरस्कारले पुरस्कृत गरेको हो ।
हालै चलेको बिषम परिस्थितिका कारण अनलाइनबाटै भर्चुयल कार्यक्रम गरी अवार्ड समारोह सम्पन्न गरिएको कुरा सम्मानित मध्यकी एक नेपाली अभिनेत्री तथा पिस अफ इण्डियाका लागि नेपालबाट प्रतिनिधित्व गर्दै आएकी नितु कोइरालाले जानकारी गराउनु भयो । कार्यक्रममा सो अवार्ड समारोहलाई पिस अफ इन्डियाका संस्थापक अध्यक्ष बिशाल भारद्वजले सम्बोधन गर्नु भएको थियो ।
पुरस्कृत हुनेहहरुमा नेपालकी महिला संगीतकार रेखा पौडेल, अभिनेत्री तथा मोडल नीतु कोइराला, वरीष्ठ कलाकार तथा चरित्र अभिनेत्री बिमला गिरी, वरीष्ठ कलाकार शर्मिला शर्मा , अभिनेत्री सम्भयता गिरी, गायिका तथा समाजसेवी इन्दिरा भट्टराई, सञ्चारकर्मी राज लुईटेल, सञ्चारकर्मी गीता अधिकारी, विजनेस वुमन सुशिला थापा, समाजसेवी तथा शिक्षक सुशिला गौतम, समाजसेवी तृष्णा गुरुङ छन् ।