अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूभन्दा ठूलो देशभक्त कोही नभएको बताएका छन् । ट्रम्पले सो कुरा आफ्नो ट्वीटमा भनेका हुन् ।
ट्रम्पले मास्क लगाउने विषयमा गरेको ट्वीटमा भनिएको छ, ‘हामी अदृश्य चिनियाँ भाइरसलाई हराउनका लागि एकजुट छैं र थुप्रै मानिसहरुले सामाजिक दुरी अपनाउन नसके मास्क लगाउनु देशभक्तिको काम बताएका छन् । त्यसो भए यहाँ मभन्दा ठूलो देशभक्त कोही छैन, तपाईंलाई मनपर्ने राष्ट्रपति । ’
पछिल्लो समयमा ट्रम्पले कोभिड–१९ माथि लगाम लगाउनका लागि मास्कको आवश्यकतामाथि भिन्न–भिन्न बयान दिएका छन् जसका लागि उनका विपक्षी डेमोक्रेट्स र थुप्रै वैज्ञानिक सल्लाहकारले उनको आलोचना गरेका थिए ।
फक्स न्यूजलाई आइतबार दिएको अन्तरवार्तामा उनले मास्क लगाउनुमा आफूले विश्वास राख्ने तर यसको समस्या पनि हुने गरेको बताए ।
उनले भने, ‘विशेषज्ञले मास्क लगाउन आवश्यक ठान्छन् तर सो विषयमा उनीहरु बीच मतभेद पनि छ ।’