विश्व कीर्तिमानी गीतकार डा.उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’

0
189

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’ प्रदान गरिएको छ । उहाँलाई अमेरिकाको शैक्षिक उत्कृष्टताको राष्ट्रपति पुरस्कार प्रदान गरिएको हो ।

सो पुरस्कार डा. उपाध्यायलाई ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा. जशवीर सिंहले प्रदान गर्नुभएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनको हस्ताक्षर रहेको यो पुरस्कार निकै सम्मानित पुरस्कारका रूपमा मानिन्छ । डा. उपाध्यायले आफू पुरस्कार समारोहमा जान नपाएको र ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा. जशवीर सिंहमार्फत पुरस्कार ग्रहण गरेको बताउनुभयो ।

गीतसंगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायका ३३ गीति एल्बमका सयौँ गीत र भिडियो श्रोता÷दर्शकमा आएका छन् ।

यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here