दुई दिनसम्म हत्या लुकाई एक विद्यार्थीको मृत्यु

0
63

दुई विद्यार्थी एक आपसमा खेल्दाखेल्दै चक्कु रोपिएर एकको ज्यान गएको छ। ‘फुलटेक्रामा’ सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दथे। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार मदरसामा अध्ययनरत कास्की जिल्लाकाे रुपाकोट–६ का १६ वर्षीय जामुदिन मियाँको ज्यान गएको हो ।
जेठ १२ गते साँझ ५ बजे भएको घटनामा मृतक मियाँ र सिराह मिर्चैयाका १२ वर्षीय मोहम्मद आंशिक एक आपसमा खेल्ने क्रम्मा आशिककाे हातकाे चक्कु मियाँको मुटुमा रोपिन गई गम्भीर घाइते भएकाे थिए । खेल्दै गर्दा विद्यार्थीकाे हातमा चक्कु कसरी पुग्यो या पहिले नै योजना थियाेकी या घटना भएको हो भन्ने प्रहरीले खुलाएको छैन । मदरसाले पनि घटनाको बारे जानकारी गराएको छैन ।।

उपचारको लागि घाइते अवस्थामा भारतको लखनउमा पुराइएको मियाँको १३ जेठ राति १० बजे उपचारको क्रममा मृत्यु भएको बताइएको छ । प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, उपचारको क्रममा मियाँको मृत्यु भएको रहेछ । प्रहरीलाई जेठ १४ बिहान जानकारी भएकाे थियाे। उनले घटनामा संलग्न आंशिक प्रहरी नियन्त्रणमा रहेको र मृतकको शव लखनउबाट नेपालगञ्ज ल्याएको छ र भेरी अस्पतालमा पोष्टमार्टमको लागि राखिएको बताए । उनले भने, मृतकको परिवार र आफन्त नेपालगञ्ज पुगिसक्नु भएको छ । पोष्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाउने र आफन्तबाट किटानी जाहेरी लिएर प्रहरी अनुसन्धान अघि बढाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here