निर्मल शर्माको निर्माण तथा गजित विष्टको निर्देशनमा ‘अचानक’आजबाट दर्शक समक्ष

0
283

काठमाण्डौँ,
लोकप्रिय कलाकार, निर्माता निर्मल शर्माको निर्माण तथा अभिनेता गजित विष्टको निर्देशनमा नयाँ टिभी सिरिज ‘अचानक’ आजबाट दर्शक समक्ष प्रसारण हुने भएको छ । जिवन्त अभिनय गर्ने नायकको रुपमा परिचत अभिनेता तथा सफल कोरियोग्राफरको रुपमा चर्चा कमाएका गजितले ‘अचानक’ टिभी सिरिजबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

उक्त टिभी सिरिज रमाइलो एचडी टिभीबाट आज बिहिवार साँझ ८ बजे देखि प्रशारण हुंदैछ । सिरिजको कथा र परिकल्पना गजित स्वयंको रहेको छ भने कार्यकारी निर्माता कलाकार निर्मल शर्मा गैडा रहेका छन् ।

निर्मल शर्मा, रजनी केसी, गजित विष्ट, कृष्ण सिवाकोटी, प्रकाश बस्नेत, अंशिका बस्नेत, मेलिना ओलीलगायतका लोकप्रिय कलाकारहरुको अभिनय रहेको ‘अचानक’ क्राइम थ्रिलर सिरिज रहेको निर्देशक गजितले बताए ।

यो सिरिजको ४ एपिसोडको छायांकन पूरा भइसकेको छ । रमाइलो एचडीसँग १२ एपिसोडका लागि सम्झौता भएको जानकारी कार्यकारी निर्माता तथा कलाकार निर्मल शर्मालले दिए ।

सिरिजमा रहेको गीतमा चन्द्रमणी भट्टराईको शब्द, डेनी निरौलाको संगीत रहेको छ ।

वरिष्ठ छायांकार राजु केसीको छायांकन तथा सुनिल थापाको सम्पादन रहेको यो सिरिज दर्शकलाई मनपर्ने निर्देशक विष्टको विश्वास छ । १२ एपिसोड प्रशारण भएपछि दर्शकको प्रतिक्रिया अनुसार अगाडि बढ्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here