काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले कबड्डी ४ की अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामालाई रिहा गर्न प्रहरीलाई आदेश दिएको छ । अभिनेत्री मिरुना मगरले उजुरी दिएपछि मुगु कर्मारोङ गाउँपालिकाकाे २४ वर्षीय फुर्वा लामा आईतबार पक्राउ परेकी हुन् । कबड्डी ४ हेरेर सिभिल मलमा रहेको क्यू.एफ.एक्स सिनेमाबाट निस्किने क्रममा अभिनेत्री मगरले लामाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । काठमाडौं महानगरीय प्रहरी प्रवक्ता दिनेशराज मैनालीले लामा रिहा भएको पुष्टि गरेका छन् । पक्राउपछि अभिनेत्री मगरले माफी माग्दै आज चावहिलस्थित केएल टावरमा प्रदर्शन गरेका थिए । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400