दाङमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । घोराही उपमहानगरपालिका–१४ भरत बलरामपुरकी ३७ वर्षीया गायत्री नेपालीले आफ्नै श्रीमान् ३३ वर्षीय पंकज गुप्ताको रड प्रहार गरी हत्या गरेकी हुन् । आज बिहान रड प्रहारबाट गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गायत्रीलाई हत्याको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दाङ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार श्रीमानले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमतीले बदला लिन खोज्दा घटना भएको हो । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400