काठमाडौं । सिजन मिडियाद्वारा आयाजित सौन्दर्य प्रतियोगिता एसईई प्रिन्सेज २०२० को लागि आवेदन खुल्ला भएको छ। आयोजकले बिहिबार विज्ञप्ति जारी गर्दै ‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२०’ को दसौं संकरणको लागि आवेदन फारम खुल्ला भएको जनाएके छ।
कोरोना महामारीका कारण लगाइएको लकडाउन खुलेसँगै उक्त कार्यक्रमको आवेदन खुल्ला गरिएका विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ,‘ गत ४ महिना देखि विश्वमहामारिको रुपमा देखा परेको कोरोनाभाइरसका कारण नेपाल सरकारले गरेको लकडाउन खुलेसँगै हामीले विगत १० वर्ष देखि निरन्तर रुपमा गर्दै आएको एसएलसी प्रिन्सेज नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखि एसइई प्रिन्सेजको नाममा गर्ने तयारी पूर्ण भए पस्चात ‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२०’ नामक कार्यक्रमको आवेदन फारम फेरी खुल्ला गरीएको जानकारी गराउदछौ।’
उक्त कार्यक्रमको ब्राण्ड प्रायोजकमा हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज रहेको छ भने मुख्य प्रायोजकमा नामि कलेज रहेको छ । साथै अन्य कलेजहरुमा क्याम्पियन एकाडमी, साउथवोइस्टन स्टेट कलेज ,रेडन कलेज आदिको सहयोग रहने बताइएको छ ।
यस्तै कोरोना रोगसंग सुरक्षित रहेर उक्त प्रतियोगितामा तालिम प्रदान गरिने र सम्पूर्ण प्रतियोगिहरुको कोरोना विमा समेत गरिने आयोजकले बताएको छ। प्रतियागिताको आवेदन फारम २०७७ भाद्र १३ गते सम्म सिजन मिडियाको कार्यालय कमलदीमा उपस्थित भइ भर्न सकिनेछ । काठमाडौं तथा उपत्यका बाहिर जिल्लामा रहेका विभिन्न स्कुलहरुबाट पनि एसईइ परिक्षा दिएका छात्राहरुले आवेदन फारम भर्न सक्नेछन्।