नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने

0
85

नयाँ नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । काठमाडौंमा आयोजित एक समारोहमा यो फिल्म निर्माण हुने घोषणा गरिएको छ ।

लामो समयदेखि नेपालको मौलिकतालाई जोगाउन विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले यो फिल्म निर्माण गर्न लागेको हो ।

सन्तोष अधिकारी फिल्म्स तथा अमारियाको प्रोडक्सनको संयुक्त लगानी निर्माण हुने यो फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहने छ ।

देवकुमार श्रेष्ठको निर्देशन रहने यो फिल्म सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् ।

‘आमा’ फिल्मका सह-निर्माता अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।

नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको विषयमा निर्माण हुने फिल्मको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङ लगायत रहेका छन् ।

अष्ट्रेलियामा छायांकन हुने बताइएको यो फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन् भने पटकथा चे शंकरले तयार पारेका छन् ।

अस्ट्रेलियन छायांकार रायको छायांकन, मनोरन्जन श्रेष्ठको सम्पादन, अजय कुमार अधिकारीको गीत, सुरेश राई र सन्तोष मिश्रको संगीत रहने फिल्मको सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here