देशको बारेमा गम्भिर बनौं

0
169

-डा.डी.आर.उपाध्याय खनाल,

काठमाडौं । अझै पनि राजनीतिक दल र तिनका नेताहरु आ आफनो स्वार्थमा लिप्त छन । देश र जनताको भाग्य र भबिश्य निर्माण गर्ने कुरामा कसैको चासो र चिन्ता देखिदैन । देशको भबिश्यका बिषयमा चिन्ता गर्ने नेतृत्वको खाँचो छ अव । अव पनि देश यस्तै अबस्थामा रहन सक्दैन र राख्नु पनि हुदैन । अब युवाहरुले गम्भिर भएर सोचनु पर्ने बेला आएको छ । देशमा बिकासका कुरा धेरै भए तर हामीले प्रगति गर्न सकेनौं । देश आर्थिक संकटमा परेको अर्थ बिज्ञहरुले बताइरहेका छन । यस्तो अबस्थामा पनि नेतृत्वलाई चिन्ता नहुनु दुखद कुरा हो । राजनीतिक दलहरु अब मिलेर जानु पर्ने अबस्था आयो ।

दलहरु बीच बिवाद हुनु भनेको देशलाई संकट तर्फ धकेल्नु हो । सबै राजनीतिक दलहरु मिलेर अब देशलाई निकास दिनु पर्छ । जनताको अबस्था सबै कुरामा नाजुक हुदैछ । सर्ब साधरण जनता महंगीका कारण बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । राजनीति भनेको जनताको सेवाका लागी गरिने चिज हो । राजनीतिका नाममा ब्यक्तिगत फाइदा उठाउने जुन परम्परा चलिरहेको छ त्यसले मुलुकलाई हित गदैन । जनता चरम निराशामा छन ।

जनतालाई निराश हुन दिनु भनेको ब्यवस्था माथिको खतरा पनि हो । जनताले लडेर ल्याएको यो ब्यवस्थालाई जोगाउँदै राजनीतिक दल र तिनका नेताहरु देश र जनता प्रति गम्भिर बन्नु पर्ने आबश्यकता देखियो । हिजो राम्रो संग चप्पल लगाउन नसक्ने नेताहरुको आज राजधानीमा घर, जग्गा, गाडी छन । नेताहरु ब्यक्तिगत स्वार्थमा लागेको देख्दा जनता आर्कोशित छन । नेताहरु धनी बन्दै जाने जनता झन पछि झन गरिव बन्दै जाने यो अबस्था लोकतन्त्रमा राम्रो होइन ।

अब सबै राजनीतिक दलहरुले इमानदारीका साथ छातीमा हात राखेर सोच्ने बेला भएको छ । राजनीति प्रति जनता वाक्क दिक्क भएका छन । कारण के हो ? हिजो सम्म नेतालाई सम्मान गरिन्थ्यो आज किन नेताहरु प्रति जनताको आर्कोश छ ? यो कुरा राजनीतिक दल र तिनका नेताहरुले बुझनु पर्ने जरुरी छ । अब जनतालाई ढाँटने र छल्ने युग गइसकेको छ । जनता हिजो भन्दा धेरै अघि बढि सकेका छन । ढाँटको राजनीति लामो समय सम्म टिक्न सक्दैन ।

यो सत्य र यर्थाथ कुरा हो । नेताहरु एकले अर्कोलाई जुन किसिमको गालि गलोजको राजनीति गरिरहेका छन त्यो पनि राम्रो होइन । अब त देश बनाउने बिषयमा बहस हुनु पर्ने हो खै त्यो बिषयमा बहस भएको ? देश बनाउने हो भने सबै दलहरु मिलेर जानु पर्छ । नेताहरु एक आपसमा झै झगडा गरेर जाँदा देशलाई फाइदा छैन ।

देशको भबिश्यका बारेमा सोचेर दलहरु अघि बढनु पर्छ । त्यसो भयो भने मात्र जनता खुशि हुन्छन । जनताको खुशिका लागी भए पनि दलहरु मिलेर जानु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक दल र तिनका नेताहरु ब्यक्तिगत स्वार्थलाई त्यागेर देश बिकासका लागी अघि बढनु पर्छ । दलहरु मिलेर जाने हो भने देश बनाउन सम्भव छ । त्यसैले देशको बारेमा गम्भिर बनौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here