काठमाडौँ । सामाजिक बिकृति र बिसंगतीलाई गीत मार्फत उजागर गरेको बिरलै भेटिन्छ । परम्परागत शैलिलाई पच्छ्याई रहेको तीज गीतले समाजको यथार्थ बोल्न नसकिरहेको अवस्थामा गायिका सीता रसाईली बिश्वकर्माले भने पृथक तीज गीत ‘वर्षदिन बितेको’ सार्वजनिक गरेकी छिन् ।
अष्ट्रेलियामा रहेकी गायिका विश्वकर्माको लोक शैलीमा आधारित उक्त गीतमा पोहोर सालको तीजमा स्वदेश फर्किन नपाएको र यसपालीको तीजमा पनि परदेशमै रहनु परेको वाध्यतालाई उत्कृष्ट ढंगले उजागर गरिएको छ ।
डा. मोम बिश्वकर्माको प्रस्तुति रहेको उक्त गीतमा बरिष्ठ संगीतकार तथा गायक बिबि अनुरागीको शब्द रचना तथा संगीत रहेको छ । गीतको भिडियोमा शंकर बिसीको निर्देशन र कोरियोग्राफी रहेको छ भने, अञ्जली अधिकारी, बन्दना नेपाल, उत्शा घिमिरे लगायतको नृत्य रहेको छ । भिडियोमा दुर्गा पौडेलको छायाँकन तथा नविन घर्तिमगरको सम्पादन रहेको छ ।
अस्ट्रेलियन नेपलिज जोर्नालिस्ट एसोसिएसनका बर्तमान भाइस प्रेसिडेन्ट समेत रहेकी गायिका बिश्वकर्माको स्वरमा रहेको यो पहिलो गीत हो। गीतमार्फत जातीय बिभेद्को विरुद्धमा सन्देश प्रवाह गर्ने प्रयास गरिएको गायीका बिश्वकर्माले बताइन् ।