‘रवि सुवेदी’को ‘दिन’मा ‘प्रशान्त’को र्याप भिडियो

0
100
अमेरिकामा बसेर नेपाली गीत संगीतको प्रवद्र्धनका लागि सक्रिय गायक रवि सुवेदी
अमेरिकामा बसेर नेपाली गीत संगीतको प्रवद्र्धनका लागि सक्रिय गायक रवि सुवेदी

गायक रवि सुवेदीको स्वरमा रहेको ‘दिन’ बोल गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गायक रवि सुवेदी साथै गायिका प्रकृति बास्कोटाको युगल गायनमा तयार भएको यस गीत प्रशान्त मान श्रेष्ठको शव्दमा तयार भएको गीतको भिडियो ओ एस आर डिजिटलको युट्यूब च्यानल बाट सार्वजनिक भएको छ । आकाश केएमको संगीत रहेको गीतलाई दिपेश सिंहले एरेन्ज गरेका छन् । गीतमा प्रशान्तले र्याप समेत दिएका छन् ।

लामो समयदेखि अमेरिकामा बसेर नेपाली गीत संगीतको प्रवद्र्धनका लागि सक्रिय गायक रवि सुवेदीले थुप्रै गीतहरु बजारमा सार्वजनिक भैसकेका छन् ।

गायनसँग सँगै अभिनयमा समेत निरन्तरता दिएका सुवेदीको सार्वजनिक गीतको भिडियोमा स्वयं उनलाई देख्न सकिन्छ भने उनलाई अभिनयमा प्रशान्त श्रेष्ठउजिता बज्राचार्यले साथ दिएका छन् ।

बसन्त महर्जनले छायांकन गरेको भिडियोलाई सम्पादन तथा निर्देशन प्रशान्तकै रहेको छ ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here