राजनीतिक दलहरु फुटेर होइन, जुटेर अघि बढ

0
34

-डा.डी.आर.उपाध्याय खनाल/

काठमाडौं । राजनीति बिषय बस्तुका बारेमा धेरै लेखियो । पढ्नेले पढ्छन् , सुन्नेले सुन्छन तर देशको भबिश्य उज्जवल बन्न सकेन । यो स्वर्ग जस्तो देशको बारेमा सोच्दा चिन्ता लागेर आउँछ । राजनीति जसले गरेको छ, उसैले देशको प्रगति उन्नति हुन दिएको छैन । राजनीतिको नाममा धेरै बदमासी भइरहेको छ । जनतालाई धोका भइरहेको छ ।

बर्षाका च्याउँ सरी पार्टीहरु खोलीएका छन । राजनीतिमा सबै आउन रहर गरिरहेका छन । तर परम्परागत रुपमा थुप्रिदै आएको राजनीति फोहोरलाई सफा गर्ने हिम्मत भने कसैले गरेको देखिदैन ।जनताको नाम भजाएर देश लुटनेहरुको कमी छैन । देश लुटनेहरुलाई चुनावी माध्यमबाट जनताले सजाँय दिनु पर्छ । जनताले खाइ नखाई राज्यलाई कर तिर्छन तर राज्यले करको सहि रुपमा सदुपयोग गर्न सकेको छैन ।

हाम्रो देशमा राजनीति दल र नेताहरु मात्र बढि भए । धेरै राजनीति दल र नेता मात्र भएर देशको बिकास हुन सक्दैन । आज युवाहरुको अभावले देशका धेरै ठाउँका जग्गा जमिनहरु बाँझा छन ।जग्गा जमिन बाझाँ राखेर बिकास र समृद्धि सम्भव छैन । कुरा गरेर मात्र हुदैन देशको बिकास गर्न इच्छा शक्ति र स्पस्ट दृष्टिकोण चाहिन्छ । अब कसैलाई पनि गफ गर्ने समय छैन, यो समय भनेको काम गरेर देखाउने समय हो । बिना काम समय बर्वाद गर्नु भनेको जीन्दगी बर्वाद गर्नु हो ।

अहिलेका युवाहरु सचेत र प्रबिधिमा दक्ष छन । प्रबिधिले बिश्वलाई साँघुरो बनाएको छ । खेति पाती देखि सबै कुरा अहिले प्रबिधिमैत्री बन्दै छ । तर नेपालका युवाहरु रोजीरोटीका लागी प्रदेश छन । युवाका बिषयमा राज्यले गम्भिर भएर सोच्ने बेला आएको छ ।युवा शक्तिलाई बिदेश लखेटेर बिकास र समृद्धिका कुरा नगरे पनि हुनछ । देश बनाउन युवा चाहिन्छ । युवा बिना देश बन्न सक्दैन । संसार भरीको इतिहास हेर्दा युवाले नै देशको बिकास गरेका छन । हामी भने लामो समय देखि नै दुख्ख कस्ट भोग्दै आएका छौं । हाम्रो देशमा राज नेता भएनन् ।

देशलाई सोच्ने नेताको खाँचो छ यहाँ । अब कुरा र भाषण गर्ने नेताको काम छैन , जनतालाई परिणाम चाहिएको छ ।परिणाम दिने नेता जनताले खोजेका छन । जनतालाई सधै दुख्ख दिने नेता चाहि चिल्ला गाडीमा कुदनु पर्ने ? यसरी देश बन्दैन भनेर मैले पटक पटक आवाज उठाउँदै आएको पनि छु । यो धेरैलाई अवगत भएको कुरा हो ।

राजनीतिक दल र तिनका नेताहरु नै बास्तवमा इमान्दार भएनन् । राजनीतिक दलका नेताहरु इमान्दार हुने हो भने देश बनाउन कुनै आइतवार कुर्नु पर्दैन । नेताहरुको गलत सोच र गलत चिन्तनले देश बर्वादी तर्फ गएको हो ।अब देशलाई सहि ठाउँमा लिएर बिकास गर्नु पर्छ । देशको बिकास र समृद्धि आजको आबश्यकता हो । राजनीतिक दलहरु फुटेर होइन, जुटेर अघि बढ ।

आज देशमा कम्युनिष्टहरु धेरै फुटेका छन । कम्युनिष्टहरु चिरा चिरामा बिभाजित छन । हिजो बाम देव गौतमले पनि नयाँ पार्टीको नाम सार्वजनिक गरेका छन । साना साना चिरामा बिभाजित भएर कम्युनिष्टको लक्ष्य कसरी पुरा हुन्छ ? कम्युनिष्टको नाम लिएर जनतालाई दुख्ख दिने काम बाहेक अरु केहि भएन ।कम्युनिष्टका नेताहरु जनताको नाम लिएर धनी बन्दै गएका छन । यस्तो भए पछि कम्युनिष्टलाई कसरी बिश्वास गर्ने ? जनतालाई ढाँटनु पनि हद हुन्छ नी । आज सबै कुरा जनताले छलंग देखेका छन । जनतालाई ढाँटन अब सकिदैन । जनता धेरै चलाख छन । जनता माथि बेइमान गर्ने युग गइसक्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here