काठमाडौं, २९ जुन मनसुनी वायुको प्रभावले देशभरको मौसममा आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यून चापीय रेखाका कारण नेपालको उत्तरतर्फको दक्षिणी भेगमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर शुक्रबारदेखि मौसममा क्रमिक सुधार आउने विभागले जनाएको छ । यस प्रणालीले देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी प्रदेश नं १, मधेस प्रदेश, वाग्मती, गण्डकी र लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने राति देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको अद्यावधिक जानकारी अनुसार कास्कीमा २३ दशमलव ८ मिलिमिटर, धनगढीमा ४२ दशमलव १, विराटनगरमा ३१ दशमलव ६, नेपालगन्जमा ३ दशमलव २, सिमरामा ९ दशमलव ८ र काठमाडौंमा ४ दशमलव १ मिलिमिटर वर्षा भएको छ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400