नेपाल जेसिस क्षेत्र (ग) वर्ष २०२०का शाखा अध्यक्षहरुको भेला सम्पन्न

0
288

काठमाडौं, ११ साउन । नेपाल जेसिसको आयोजना तथा भक्तपुर लेडी जेसिस शाखाको उपस्थितिमा नेपाल जेसिस अन्र्तगत क्षेत्र (ग) वर्ष २०२० का शाखा अध्यक्षहरुको भेला सम्पन भएको छ ।

प्रमुख जिल्ला अधिकारी हुम कला पाण्डेको उपस्थिति तथा नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष अनवर हुसैनको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको हो । नेपाल सरकारद्वारा जारी स्वस्थ्य मापदण्ड भित्र रहेर भौतिक दूरी कायम गरी उक्त भेला आयोजना गरिएको भक्तपुर लेडी जेसीसका अध्यक्ष सपना क्षेत्रीले बताउनुभयो ।

उक्त भेलालाई सम्बोधन गर्दै भक्तपुर लेडी जेसिसकी संस्थापक अध्यक्ष विद्या राजभण्डारीले शुभकामना मन्तव व्यक्त गरेकी थिइन् । शाखा अध्यक्षहरुको भेलाबाट विभिन्न निर्यणहरु पारित गरिएको छ ।

नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष धिरज शाही र शिव प्रसाद भुसाल तथा राष्ट्रिय कार्यकारी उपाध्यक्ष गोकुल सापकोटाको समेत उपस्थिति रहरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here