नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ हुने

0
104

हिमालयन मुभिजको आयोजनामा श्रावणको अन्तिम सातामा ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’ सम्पन्न हुने भएको छ । नेपाली चलचित्र, म्युजिक भिडियो, फेसन मोडलिङ एवं ब्युटी पेजेन्टको क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरु सो अवार्डमा समावेश हुने छन् । नेपाली फेसन एवं मनोरन्जनको क्षेत्रका करिब ३ दर्जन व्यक्ति तथा संस्थाहरुलाई सो अवार्ड प्रधान गरिने र चाँडै नै अवार्डको नोमिनेसन सार्वजनिक गरिने छ ।
आयोजक हिमालयन मुभिज नेपाली फेसन एवं मनोरन्जनको क्षेत्रमा क्रियाशील संस्था मानिन्छ । उक्त संस्थाले यसअघि थुप्रै सौन्दर्य प्रतियोगिता, फेसन सो, टेलिचलचित्र निर्माण गर्नुका साथै पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्डको सह–आयोजना समेत गरिसकेको छ । पुरानो पुस्ताको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सो अवार्ड कार्यक्रम गर्न लागिएको आयोजक सस्थाले जनाएको छ । अवार्डको नोमिनेसनको लागि आवदेन खुला गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here