काठमाडौंको जोरपाटीस्थित एक घरमा बोरहोल खन्ने क्रममा मंगलबार बिहान करिब १०ः३० बजे अचानक ग्यास र माटो निस्कियो । प्रहरीका अनुसार स्थानीय सन्तवीर लामाको घरमा बोरहोल खन्ने क्रममा एक किसिमको ग्याससहितको माटो र पानी भएको मुहान फुटेको थियो । हिलो माटोका कारण जोरपाटी चोक हिलो भएको छ । बोरिङ वरपरका १५–२० घर माटोले ढाकिएका छन् । जमिनबाट निस्केको माटो र ग्यास हावाले उडाएर धेरै टाढा पुर्याएको छ । सो क्षेत्रमा हिँड्ने सर्वसाधारण पनि समस्यामा परेका छन् । प्वालबाट निस्कने ग्यास मिथेन ग्यास भएको अनुमान गरिएको छ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400