लोकप्रियता कमाउदै गायिका तथा मोडल मन्जु थापा

0
154

पाल्पा जिल्लाको सदरमुकाम तानसेन नगरपालीका १० मा बुबा गणेशबहादुर बस्नेत र आमा चित्रकुमारी बस्नेतको कोखबाट २ छोरा र २ छोरीमध्य कान्छी छोरीको रुपमा जन्मीएकी मन्जु थापा बाल्यकालदेखिनै सरल स्वभावकी थिईन् , गीत, संगीत भनेपछि हुरुक्कै हुने मन्जुले स्कुलहरुमा हुने कार्यक्रममा भाग लिएर धेरै पुरस्कारहरु जितेर सानै उमेरमा सबैको मन जितेकी थिईन् ।

सन् २००४ देखि निरन्तर हंगकंगमा बस्दैआउनुभएकी मन्जुलाई हंगकंग आईडी अनि व्यवसायको ब्यस्तताले गीत, संगीतलाई केहीपछि पारेको महसुस भएपनि कला कहिल्यै मर्दैन भन्ने उदाहरणको लागि मन्जु थापाले नेपाल आएको समयमा साथै बिदेशमा बसेरै भएपनि आफ्नो कला र गलालाई निरन्तर दर्शकसामु पस्किरहेकीछिन् ।

“भाछु मरितुल्य”, “फूलजस्तै उमेर” लगायत दर्जनौँ गीतमा आफ्नो स्वर दिइसक्नुभएकी र मोडल बनिसक्नुभएकी गायिका तथा मोडल मन्जु थापाले हंगकंग, कोरिया, सिंगापुर, मकाउ, चीन लगायतका देशहरुमा आफ्नो कला प्रस्तुत गरिसक्नुभएको छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पुरस्कार तथा सम्मानहरुबाट सम्मानित भईसक्नुभएको छ ।

श्रीनगर पाल्पा हंगकंगकी उपाध्यक्ष, क्षेत्री समाज हंगकंगकी उपाध्यक्ष, हंगकंग नेपाली समाजकी सदस्य, एनआरएनए हंगकंगको निवर्तमान सहकोषाध्यक्ष समेत भएर बिभिन्न संघ संस्थाको माध्यमबाट साथै व्यक्तिगत तर्फबाट समेत समाजसेवामा निरन्तर सक्रिय गायिका तथा मोडल मन्जु थापा श्रीमान, १ छोरा र १ छोरीका साथ हंगकंगमा व्यवसाय गर्दैआउनुभएको छ ।
हरेक नेपालीहरुमाझ चिरपरिचित मन्जुले हंगकंगमा पुग्ने हरेक कलाकारहरुलाई माया,सहयोग गर्दै आउनुभएको छ भने हंगकंगमा हुने हरेक कार्यक्रममा मन्जुको उपस्थिती अनि प्रस्तुती रहने गर्दछ ।

केही दिन अगाडि मात्र चर्चित गायक आनन्द कार्की र चर्चित गायिका साधना सरगमको स्वरमा सजिएको “माया लाउँदै जाउ” गीतमा पाल्पामै जन्मिनुभएका सदाबहार ह्याण्डसम नायक धिरेन शाक्यसंग दोस्र्रो चोटि मोडेलिङ्ग गर्नुभएको थियो । उक्त गीत अहिले धेरै दर्शकहरुको रोजाईमा पर्न सफल भएको छ भने आगामी दिनहरुमा अझै सशक्त रुपमा गीत, संगीतलाई निरन्तरता दिने मन्जु थापाको सोच रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here