संघीय सरकारले तत्काल प्रहरी समायोजन ऐन कार्यान्वयन गर्न माग गर्दै प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु र सांसदहरुको सहभागिता रहेको थियो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित कैयौँ मन्त्रीमण्डलले आइतबार प्रहरी समायोजनको माग गर्दै संघीय सरकारविरुद्ध धर्ना दिएका छन् । संघीय सरकारले समायोजनमा ढिलाइ गरेको र संविधानले व्यवस्था गरेको अधिकार प्रदेश सरकारलाई नदिएको भन्दै नेताहरुले प्रदेश प्रमुखको सरकारी निवास अगाडि धर्ना दिएका हुन् । राष्ट्रपतिबाट २०७५ फागुन ११ गते पारित भएको प्रहरी समायोजन ऐन कार्यान्वयनमा भएको ढिलाइले संघीय सरकारको नियतमाथि धेरै प्रश्न खडा गरेको राउतले बताए । “हामी प्रहरी बिनाको सरकारको कल्पना गर्न सक्दैनौं। चार वर्षअघि हामीले संघीय सरकारलाई दबाब दिन प्रहरी समायोजन ऐनको मस्यौदा बनाएका थियौं। राष्ट्रपतिले पनि अनुमोदन गरेको साढे दुई वर्ष भइसक्यो,’ राउतले भने । “हामीले प्रधानमन्त्री र राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण पनि गराएका छौं। तर कसैले वास्ता नगरेपछि आन्दोलनमा उत्रनु परेको छ ।” आन्दोलनको पहिलो चरणको रूपमा राखिएको धर्ना एक सातासम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चल्ने आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । मधेस सरकारले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी तत्काल प्रहरी समायोजनको माग गर्दै संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको थियो । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400