संगीतकार रेखाको स्वरमा अभिनेत्री नीतु र मोडल सुशिलाको ‘नाचौंन नाचौंन’ भिडियो सार्वजनिक (भिडियो सहित)

0
653

काठमाडौं– नेपालको पहिलो महिला चलचित्र संगीतकार रेखा पौडेलको आफ्नै स्वर तथा संगीतमा ‘नाचौंन नाचौंन‘’ शीर्षकको तीज गीतको भिडियो सार्वजनिक भएको छ । डा.कृष्णहरी बरालद्वारा रचना गरिएका शब्दहरुमा संगीतकार पौडेलले आफ्नो स्वर भरेकी हुन् ।

कमल सौराग यो गीतका संगीत संयोजक हुन् । गीतलाई कुमार राना मगरले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । यो गीतको आकर्षक म्युजिक भिडियो पनि तयार पारिएको छ ।

भिडियोमा अभिनेत्री तथा मोडल नीतु कोइराला तथा मोडल सुशिला थापाको साथमा गायिका पौडेलले पनि आकर्षक नृत्य गरेकी छिन् । ओम श्रेष्ठको कोरियोग्राफी तथा निर्देशनको यो भिडियोलाई प्रकाश तिमिल्सिनाले छायांकन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here