निर्वाचन घोषणा भइसकेपछि पनि सदनको म्याद बढाउने सरकारी प्रस्तावको विरोध गर्दै नेताले राजीनामाको घोषणा गरेका छन्।
निर्वाचन घोषणा भइसकेपछि पनि सदनको म्याद बढाउने सरकारी प्रस्तावको विरोध गर्दै नेताले राजीनामाको घोषणा गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
सरकारले निर्वाचन घोषणा गरेपछि प्रतिनिधिसभाको कार्यकाल सकिनुको सट्टा निर्वाचन नभएसम्म कायम राख्न खोजेको भन्दै लिङ्देनले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।
‘मंसिर २० पछि पनि संसद् चलाउने निर्णयले मलाई लाजमा पारेको छ,’ सदनमा बोल्दै लिङ्देनले भने । “त्यसैले म आफ्नो राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता बन्द गर ।”
सरकारले आगामी संसदको पहिलो बैठक बस्नुभन्दा एक दिनअघिसम्म वर्तमान सदनको म्याद कायम गर्ने गरी विधेयक तयार गरेको छ ।
लिङदेनले २०१७ को निर्वाचन झापा–३ बाट जितेका थिए ।
गत मंसिरमा भएको पार्टी महाधिवेशनमा कमल थापालाई पराजित गर्दै लिङ्देन पार्टी अध्यक्ष बनेका थिए ।
यसैबीच कानूनमन्त्री गोविन्दप्रसाद शर्माले विधेयकमा भएका व्यवस्था स्पष्टता र अराजकता रोक्न ल्याइएको भन्दै विधेयकको बचाउ गरेका छन् ।
‘वर्तमान सदनको कार्यकाल नवनिर्वाचित संसदको पहिलो बैठकसम्म कायम रहनुपर्छ । यसबाट आत्तिनुपर्ने अवस्था छैन,’ संसदमा बोल्दै शर्माले भने ।
#worldwidekhabar