समाजवादी चिन्तक तथा कांग्रेस नेताको ७४ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीप्रति राजनीतिक क्षेत्रका नेता तथा सर्वसाधारणले आइतबार श्रद्धाञ्जली अर्पण गरेका छन् । घाँटीको क्यान्सरसँग लडिरहेका समाजवादी चिन्तकलाई हालै निमोनिया भएको र नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए । धेरै अंग फेल भएर गिरीको शनिबार राति करिब ९ः३० बजे निधन भएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका नेताहरु आइतबार बिहान नेपाल मेडिसिटी अस्पताल पुगेका थिए । उनको शव बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमा राखिएको थियो । गिरीको पार्थिव शरीरलाई नेपाली कांग्रेसको मुख्यालय सानेपामा लगिएको थियो । गिरीलाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेता परिवारसहित पार्टी कार्यालय पुगेका थिए ।

#worldwidekhabar