
गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको बिहानीको शीत बोलको गीतको भिडियो हिजो सार्वजनिक भएको छ। डा. कृष्णहरी बरालको निकै प्रेमील शब्दमा सजिएको उक्त गीतलाई गायक स्वयंले सुमधुर संगीतबद्ध गरेका छन् भने सँगीत संयोजन जीवित जल्मिले गरेका छन्। गीत भिडियोमा मेकअप भने पूजा शाही महर्जन र रोजा महर्जनले गरेका छन् र क्यामरामा ड्रोन सर्ट भने रकी महर्जन ले लिएका छन् । गीतको प्रस्तुति सुर मेलोडी रेकर्डिङ स्टुडियोको रहेको छ।
गीतको भिडियोमा गायक सुरेन्द्र का साथै मातिना मानन्धर तथा रोजिन महर्जनको अभिनय रहेको छ। गीतको परिकल्पना राज महर्जनको रहेको छ भने निर्देशन योवन शाक्यले गरेका छन्। भिडियोको पोस्ट प्रोडक्सन नेवा इन्टरटेनमेन्टको रहेको छ। उक्त गीत सुरेन्द्र श्रेष्ठको एकल आवाजमा रहेको एल्बम “बिहानीको शीत”मा संग्रहित थियो भने उक्त गीत बीबीसी को पचहत्तर औं वर्षगाँठमा बीबीसी नेपाली सेवा द्वारा आयोजित प्रतियोगितामा चौथौ स्थान हासिल गर्न सफल गीत हो।
यस गीत भिडियो surendra shrestha यूट्यब च्यानल मार्फत सार्वजनिक भएको छ।
https://youtube.com/channel/UCXx0MrdB9kI6JlP90T7IjrA
#worldwidekhabar