
२०७९/०६/०८
शनिवार
काठमाडौं ।
यस वर्ल्ड वाइड मिडिया नेटवर्कको चौथो वार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिक सम्मान र शुभ कामना साँझ २०७९ आयोजना असोज ८ गते सम्पन्न गरिएको थियो ।
यस वर्ल्ड वाइड मिडिया नेटवर्कको अध्यक्ष रामकृष्ण श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत कन्चन श्रेष्ठ र सम्पादक राज श्रेष्ठ साथै शंखरापुर नगरपालिकाका मयेर रमेश नापित र बागमती प्रदेशका सभासद मनिराम फुयालद्वारा जेष्ठ नागरिकलाई खादा ओडाई फलफुल तथा सम्मान पत्र वितरण गरि विभिन्न गायक तथा गायिकाहरु द्वारा कार्यक्रम सम्पन्न गरिएको थियो।
यस वर्ल्ड वाईड नेटवर्कका अध्यक्ष कार्यक्रमका सभापति रामकृष्ण श्रेष्ठले ‘वर्ल्ड वाइड मिडिया नेटवर्क’ देशमा मात्र नभई विभिन्न विदेशमा संस्कृतिक तथा विभिन्न कार्यक्रम मार्फत नेपालको संस्कृति र नेपाली संगीतलाई विश्वमा चिनाउदै आएका छन्।
शंखारापुर नगरपालिका मयेर रमेश नापितले शंखारापुर नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रमा अब्बल बनाउने बताउनुभयो । बागमती प्रदेशका सभासद मनिराम फुयालले देश र राष्ट्रलाई समुन्नत बनाउन जेष्ठ नागरिकको सम्मान र स्वास्थ्यमा उचित हेरविचार पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा ख्यातीप्राप्त गायक तथा कलाकारले गीत तथा नृत्यद्वारा मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रममा मनोरन्जन तथा सञ्चार क्षेत्रमा अनवरत सेवा प्रदान गरिरेहेका व्यक्तित्वलाई वर्ल्ड वाइड मिडिया नेटवर्कले सम्मान समेत गरेको थियो ।
केही तस्वीरहरु :





#worldwidekhabar