चर्चित रक गायक बिनोद ढकालको ‘शास्त्र’ व्याण्ड मार्फत आफ्नै शव्द, स्वर तथा संगित रहेको गीत “कालापानी” को म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

0
269

काठमाडौं। नेपाली बव मार्लीको रुपमा ख्याती कमाएका चर्चित गायक बिनोद ढकाल ‘शास्त्र’ व्याण्ड मार्फत आफ्नै, शव्द, स्वर तथा संगित रहेको गीत “कालापानी” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । होमवर्क रेकर्डस नेपालको प्रस्तुतीमा निर्माण गीतलाई अन्य ब्याण्ड मेम्वर ड्रमसेटमा सुन्दर महर्जन, बैस गितारमा श्याम महर्जन लिड गितारमा दिपेश सिंहले साथ दिएका छन । प्रमोद परियारको एरेन्ज तथा प्रदिप जोशीको मिक्सिङ्गमा तयार भएको गीतको भिडियोलाई निर्देशन स्वयं गायक ढकालले गरेका छन । अरुण अशोक कुमार तथा कुवेर तामाङ्गको छायांकनमा निर्माण भिडियोलाई लक्ष्मण सुनारले सम्पादन गरेका हुन ।

राष्ट्रप्रेम संग सम्बन्धित गितमा गायक तथा शास्त्र बैण्ड मेम्वरहरु फिचर्ड रहेका छन । हाल अधिक चर्चाको विषय बनेको र भारतले अतिक्रमित गरेको कालापानी भूभाग को विषयमा समेटेर रचित गीतको भिडियो गायक् ढकालको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here