पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङमा प्रतिस्पर्धा गर्दै आएका एक खेलाडीको आइतबार दुर्घटनामा मृत्यु भएको छ ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका अस्पताल चोकका त्रिभुवन आर्मी क्लबका प्याराग्लाइडर २६ वर्षीय निसिम थापाको प्याराग्लाइडरले नियन्त्रण गुमाउँदा मृत्यु भएको हो । ब्लु स्काई कम्पनीको प्याराग्लाइडमा सराङकोटमा आयोजना भएको इभेन्टमा प्रतिस्पर्धा गर्दै आएका थापाले नियन्त्रण गुमाएपछि हावाबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उडान मा मिनेट। गम्भीर घाइते थापालाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । उनलाई उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । #worldwidekhabar