प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार साँझ पोखरा रंगशालामा आयोजित नवौं राष्ट्रिय खेलकुदको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको आर्थिक अवस्था सुधार गरी खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको बताए । #worldwidekhabar
सरकार खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न प्रतिबद्ध : प्रधानमन्त्री देउवा
By Raj Shrestha