सशस्त्र प्रहरी बल (एपीएफ) को विभागीय टोलीले फुटबलमा पुरुष र महिला दुवै विधामा स्वर्ण पदक जितेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरा रंगशालामा बिहीबार साँझ भएको फाइनल खेलमा एपीएफ टोलीले त्रिभुवन आर्मी क्लबलाई ६–५ गोल अन्तरले पराजित गरेको हो । निर्धारित र थपिएको खेल अवधिमा दुवै टोलीले एकअर्कालाई हराउन नसकेपछि टाइब्रेकरबाट खेलको विजेता निर्धारण गरिएको थियो । फुटबल खेलको समापनसँगै पोखरा रंगशालामा राष्ट्रिय खेलकुदको समापन समारोह चलिरहेको छ । त्यसैगरी आज स्याङ्जाको वालिङस्थित खेल मैदानमा भएको फाइनल खेलमा एपीएफको महिला फुटबल टोलीले नेपाल पुलिस क्लबको टोलीलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेको हो । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400