नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको लामो सङ्घर्षले हासिल गरेका उपलब्धिलाई जोगाउन आफू सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले चुनावमा उपलब्धि जोगाउन चाहने र मनमानी ढंगले काम गर्न चाहनेबीच प्रतिस्पर्धा हुने बताए । ‘अहिलेसम्म हासिल भएका उपलब्धिको संरक्षण र प्रगतिका लागि हामी निरन्तर लागिरहेका छौं,’ उनले जनताले प्रगतिशील शक्ति र उपलब्धिको रक्षाका लागि मतदान गर्ने आशा व्यक्त गरे । उनले नेकपा एमालेको नेतृत्वका कारण नेपालमा कम्युनिष्ट आन्दोलन चर्किएको बताए । कम्युनिष्ट आन्दोलन र दक्षिणपन्थी अवसरवादप्रति जनताको उदासीनता बढ्दै गएको अध्यक्ष नेपालले जोड दिए । ‘एमाले नेतृत्व सच्याउन असम्भव छ भन्ने बुझेपछि हामीले विद्रोह गर्यौं, अब चुनाव चिन्ह ‘कलम’ लिएर तपाईहरूसमक्ष आउँदैछौँ,’ अध्यक्ष नेपालले स्मरण गराए । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400