नवौं राष्ट्रिय खेलकुद : आर्मी च्याम्पियन, प्रधानमन्त्री देउवाले ट्रफी हस्तान्तरण गरेका छन्

By Raj Shrestha

0
61
गण्डकी प्रदेशमा सम्पन्न मेगा इभेन्टमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ९औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १७२ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा रहँदै प्रतियोगिताको च्याम्पियन बनेको छ ।

गण्डकी प्रदेशका आठ जिल्लामा भएका ३६ खेलमा सेनाले १७२ स्वर्ण, ११० रजत र ८९ कास्यसहित ३ सय ७१ पदक जितेको छ ।

समापन समारोहका प्रमुख अतिथि तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनालाई च्याम्पियन ट्रफी हस्तान्तरण गरेका थिए । उनले त्रिभुवन आर्मी क्लबका पदाधिकारीहरुलाई ट्रफी हस्तान्तरण गरे । नेपाली सेना अघिल्लो सातौं र आठौं राष्ट्रिय खेलकुदको च्याम्पियन टोली पनि हो ।

त्यस्तै, सशस्त्र प्रहरीको एपीएफ क्लबले ६५ स्वर्ण, ७२ रजत र ८२ कास्यसहित २१९ पदक जितेर राष्ट्रिय प्रतियोगितामा दोस्रो भएको छ ।

नेपाल पुलिस ६१ स्वर्ण, ६१ कास्य र ७३ रजत गरी कुल १९५ पदकसहित तेस्रो भएको छ । आयोजक गण्डकी प्रदेश प्रतियोगितामा चौथो र सात प्रदेशमध्ये पहिलो भएको छ ।

गण्डकी ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित १२० पदकसहित चौथो स्थानमा छ । त्यसैगरी बागमती प्रदेश २४ स्वर्ण, ४७ रजत र ७४ कास्यसहित १४५ पदकसहित पाँचौँ स्थानमा रह्यो ।

प्रतियोगितामा प्रदेश नम्बर १ १० स्वर्ण, २३ रजत र ५० कास्य पदकसहित छैटौं स्थानमा रह्यो । सुदूरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत र ४३ कास्यसहित ६३ पदक जितेर सातौं स्थानमा रह्यो ।

त्यसैगरी एनआरएनएले १० स्वर्ण, ९ रजत र ७ कास्यसहित कुल २६ पदक जितेको छ भने लुम्बिनीले ६ स्वर्ण, २२ रजत र ४० कास्यसहित ६८ पदक जितेको छ । मधेस प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कास्यसहित ३९ पदक जितेको छ भने कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कास्यसहित १८ पदक जितेको छ ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here