स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज १९ र २० गते हुने राष्ट्रिय भिटामिन ए अभियान छुटेको खण्डमा बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइन नजिकैका स्वास्थ्य केन्द्रमा जान आग्रह गरेको छ । दुई दिने राष्ट्रव्यापी अभियानमा ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबारबाट सुरु हुँदै थप १४ दिनका लागि दिइनेछ। बालबालिकामा हुने स्वास्थ्य जटिलता र कुपोषणको जोखिम कम गर्न सन् १९९७ देखि भिटामिन ए र सन् २००१ देखि देशभर जुकाको औषधि खुवाइँदै आएको छ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400