सत्तारुढ पाँच दलको गठबन्धनले आगामी निर्वाचनमा साझा उम्मेदवार छनोट गर्न आफ्ना नेता कार्यकर्ता र मतदातालाई आग्रह गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि यसै वर्ष मंसिर २० गते एकैसाथ मतदान हुँदैछ । सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरुले आज जारी गरेको संयुक्त विज्ञप्तिमा साझा उम्मेदवारलाई निर्वाचित गर्न मतदातालाई आग्रह गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरेका छन् । साथै उनीहरुले गठबन्धनका साझेदारहरुबीच सिट बाँडफाँडका विषयमा केही स्थानमा देखिएको विवादलाई छलफलबाट समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । वर्तमान गठबन्धनबाट चुनाव लड्ने उम्मेदवारको नामावली पनि सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ । तर, कतिपय निर्वाचन क्षेत्रमा भने गठबन्धनका उम्मेदवारबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ । ती स्थानबाट चुनाव लड्दा गठबन्धनका साझेदार उम्मेदवारहरूले एकअर्कालाई सम्मान र सौहार्दपूर्ण व्यवहार गर्नेछन्, विज्ञप्तिमा भनिएको छ। #worldwidekhabar
सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा साझा उम्मेदवार चयन गर्न आग्रह गरेको छ
BY Raj Shrestha