रेडियो झापाद्वारा सचेतना कार्यक्रम सम्पन्न

0
445

दमक, २६ साउन । रेडियो झापाको आयोजनामा आज दमकमा कोरोना भाइरसको संक्रमणका विषयमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । कोरोना भाइरसबाट सुरक्षित रहनका लागि माक्सको प्रयोग, साबुन पानीले हात धुनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने आम नगरवासीमा चेतना फैलाउँदै माक्स वितरण गरिएको थियो ।

दमकको फाल्गुनन्द चोक र गणतन्त्र चोकमा रेडियो झापाले मास्क बितरण तथा कोरना बिषयमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । रेडियो झापाबाट उक्त कार्यक्रमको करिब अढाई घण्टा प्रत्यक्ष प्रशारण भएको थियो । त्यस कार्यक्रममा दमक उधोग बाणिज्य संघले ६ सय थान मास्क उपलब्ध गराएको थियो ।

सचेतना कार्यक्रममा दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकको प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रम दमकको गणतन्त्र चोकबाट सुरु भइ फाल्गुनन्द चोकमा गएर समापन भएको थियो । त्यस कार्यक्रममा अटो चालक, ब्यापारी, पैदलयात्री, एव आम जनसाधारणलाई समेत कोरोनाको संक्रमण बारे सजग रहन आह्वान गरिएको थियो । सो कार्यक्रममा दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र भट्टराईले कोरोना संक्रमण रोकथामको बिषयमा नगरपालिकाले बनाएका योजना, अहिलेसम्म भइरहेको कामहरु र भाबी योजना साथै कोरोनाको स्थिति दमकमा के छ भन्ने बारे जानकारी दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here