आगामी ‘प्रधानमन्त्री कप एकदिवसीय’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेश टोलीको घोषणा भएको छ । गण्डकी प्रदेश क्रिकेट संघले असोज १९ देखि २५ गतेसम्म आयोजना गरेको प्रादेशिक छनोट प्रतियोगितामा प्रधानमन्त्री कपका लागि १४ नियमित खेलाडी र चार रिजर्भ खेलाडीसहित १८ खेलाडी छनोट गरेको थियो । विपिन खत्री गण्डकीका कप्तान हुन् । यस्तै टोलीमा चन्द्रकान्त पौडेल, समिर कँडेल, विधान श्रेष्ठ, सचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करण पंगेनी, सन्देश बस्नेत, अभिषेक बस्नेत, सुभाष भण्डारी र कमल परियार रहेको गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ । । यस्तै चार रिजर्भ खेलाडीमा दिनेश बुढामगर, प्रदीप अर्याल, सौजन्या रेग्मी र सन्दीप पराजुली रहेका छन् । गण्डकीलाई रिजन प्राजुको प्रशिक्षकमा चन्द्रकुमार गुरुङले व्यवस्थापन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी अक्टोबर ३० देखि नोभेम्बर १२, २०२२ सम्म राजधानी काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा सात प्रदेशका १० टोली र तीन विभागीय टोलीको सहभागिता रहने क्यानले जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा गण्डकी प्रदेश, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सुदूरपश्चिम र समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ छन् । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400