नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । शनिबार झापाको दमकमा आयोजित निर्वाचन केन्द्रित जनसभामा उनले यस्तो बताएका हुन् । ‘एमालेले प्रथम हुनेबाट १ सय र समानुपातिकतर्फ ५० मत जित्ने छ’, उनले भने । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा १५० सिट बहुमत ल्याउने योजना अगाडि बढाएको दाबी गरे । झापामा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र नं ३ बाट चुनावी प्रतिस्पर्धामा छन् भने ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । ओलीले झापा–३ मा हलो र झापा–५ मा सूर्यलाई मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन् । यसैबीच, आज झापाको दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पूर्व–पश्चिम रेल आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘आवश्यक पूर्वाधार निर्माणमा जोड दिनेछौँ’, उनले भने । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400